FAQs Complain Problems

समाचार

पानिटार चिया बगान

Read More

संक्षिप्त परिचय

देउमाई नगरपालिकाको परिचय

"प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान" नाराका साथ अघि बढेको  देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ  ।  १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री  सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ । नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।

 पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र  दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । 

इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा  समेटिएको थियो ।

 

 

 

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जम्मा ९ वटा वडाहरु रहेका छन। यस नगरपालकिाका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन हो भने प्रमुख खाध्यान बाली को रुपमा धान,मकै गहु रहेको र प्रमुख नगदेबालीका रुपमा अदुवा,अम्लिसो,चिया,अलैची र आलु रहेका छन।.  यहाँको सास्कृति परम्परामा समेत विविधता रहेको पाइन्छ । पुर्वदेखि पश्चिम, हिमालदेखि तराई सम्मका मानिसहरुको बसोबास रहेको हुँदा यहाँ हिन्दु, किराँत, बौद्ध र इसाइ धर्म मान्ने समुदायको बसोबास रहेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार लगायत तीज, कुशेऔंशी, नाग पञ्चमी, जनैपूर्णीमा, राम नवमी, श्रीपंचमी, कृष्णजन्माष्टमी लगायतका चाडर्वहरु मनाइन्छ । त्यसरी नै बौद्ध धर्मावलम्बीहरुले बुद्ध पूर्णीमा, ल्होसार मनाउने गरेका छन् भने जातजाती अनुसार समेत विभिन्न किसिमका चाड पर्वहरु मनाउने गरेको पाइन्छ ।

देउमाई नगरपालिकामा राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, दलित समुदायको बसोबास रहेको छ । धानका बाला लहलह झुल्ने गजुरमुखी बेसीको तिर देखि हिउ तुसारो फुल्ने  कुमारी कुईभिर सम्म फैलिएको देउमाई नगरपालिका पर्यटकीय, धार्मीक, सांस्कृतिक र भौगोलीक हिसावले अब्बल मानिन्छ  । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

सुर्य प्रसाद पाेख्रेल नगर प्रमुख 9842769760
पविमाया राई उप– प्रमुख 9815915484

कर्मचारी

सूचना अधिकारी

 नाम- गोविन्दराज बास्तोला 

पद- सूचना प्रविधि अधिकृत (सूचना अधिकारी )

सम्पर्क-9852680816

ईमेल- deumai.nagarpalika@gmail.com

 

 

सेवाहरु

सेवा प्रकारः- सम्पत्ति मूल्याङकन नेपाली वा अंग्रेजीमा
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन 
  • ना.प्र पत्रको प्रतिलिपि
  • घर नक्सापास प्रमाण पत्रको प्रतिलिपि
  • कित्ता नापी नक्सा (ब्लु प्रिन्ट÷टे«स)
  • जग्गा धनी दर्ता प्रमाण पूर्जाको प्रतिलिपि
  •  घर जग्गा कर तिरेको करचुक्ता पत्र र मालपोत तिरेको

    रसिदको प्रतिलिपि

  •  सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने
सेवा प्रकारः- माेहि लगतकट्टा सिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रित पूर्वकको निवेदन 
  • मोहियानी अस्थाइ निस्साको सक्कल र प्रतिलिपि
  • जग्गाधनी.नागरिकताको प्रतिलिपि प्रमाण पुर्जाको प्रतिलिपि
सेवा प्रकारः- मृत्य पश्चातकाे नाता प्रमाणित
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • अनुसूुची अनुसारको निवेदन फाराम
  • मृतकका नातेदारहरु(हकदारहरु)को ना.प्र.प.को सक्कल

    र प्रतिलिपि

  • मृतकको मृत्यु दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि, नावालकको हकमा जन्म दर्ताको प्रमाण पत्रको सक्कल र प्रतिलिपि
  • वडाको किटानी सर्जमिन मुचुल्कामृतकका नातेदारहरु (हकदारहरु)को फोटो ३÷३ प्रति

 

  • मृतक तथा निवेदकहरुको नागरिकता अन्यत्रको भएमा बसाई–सराई दर्ता प्रमाण पत्रको सक्कल र प्रतिलिपि
  • मृतकको नातेदारहरु(हकदारहरु) सबै उपस्थित हुनुपर्ने

 

 

 

सेवा प्रकारः- घर जग्गा नामसारी शिफारीस खरिदबाट वा मृत्यूबाट
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन  
  • मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • . मृतकसंगको नाता प्रमाणित पत्रको प्रतिलिपि
  • सम्बन्धित हकदारहरुको ना.प्र.को प्रतिलिपि
  • नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • मृतकका नामको ज.ध.द.प्र. पूर्जाको प्रतिलिपि
  • . निवेदकको नागरिकता अन्यन्त्रको भएमा सम्बन्धित पालिका.बाट हालसालै हकदार प्रमाणित गरिएको पत्र
  • हकदारहरुको पासपोर्ट साइजको फोटो २÷२ प्रति 
  • चालु आ.व.को घरजग्गा कर तिरेको चुक्ता पत्र र

    मालपोत तिरेको रसिदको प्रतिलिपि

सेवा प्रकारः- स्थायी बसाेवास प्रमाणित सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन 
  • . सम्बन्धित व्यक्तिको ना.प्र. पत्रको प्रतिलिपि
  • जग्गा धनी प्रमाण. पूर्जा र घर निर्माण इजाजत पत्रकोे प्रतिलिपि
  • .घरजग्गा कर तिरेको चुक्ता पत्रको प्रतिलिपि
  • नागरिता अन्यत्र जिल्लाको भएमा बासाई सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
सेवा प्रकारः- अविवाहित प्रमाणित शिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको निवेदन
  • अविवाहितको नागरिकताको प्रतिलिपि 
  • अबिभावकको नागरिकताको प्रतिलिपि
  • अबिभावकको सनाखत
  • सर्जमिन मुचुल्का
सेवा प्रकारः- जन्म मिति प्रमाणित शिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
  • सम्बन्धित व्यक्तिको नेपाली नागरिकता प्रमाण पत्रको

    सक्कल र प्रतिलिपि

  • विवाह दर्ता ÷जन्म दर्ता  प्रमाण पत्रको सक्कल र प्रतिलिपि
  • आवश्यकता अनुसार सर्जमिन मुचुल्का
सेवा प्रकारः- नागरिकता प्रमाणपत्रकाे शिफारीस तथा प्रतिलिपि शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- सम्बन्धित वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • अनुसुची बमोजिम निवेदन फाराम 
  • हराएको ना.प्र.पत्रको प्रतिलिपि 
  • ना.प्र.पत्र झुत्रो भएको वा अक्षर,फोटो नबुझ्ने भएमा

    सो को सक्कल प्रति ।

  • हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो ।
  • नागरिता अन्यत्र जिल्लाको भएमा बसाईसराई दर्ता प्रमाण पत्रको प्रतिलिपि।

Pages

जानकारी