FAQs Complain Problems

समाचार

पानिटार चिया बगान

Read More

शिधिथुम्का चुलिबाट देखिने सूर्येदयकाे दृष्य

Read More

गुफाथुम्की

Read More

नगरपालिको पुरानो भवन

Read More

कुइभिर पर्यटकीय क्षेत्र वडा नः१

Read More

फाल्गुन्नद ज्ञान भूमि खत्रक्पा वडा नः९

Read More

राजनैतिक पर्यटकीय क्षेत्र रत्न शुरूङ वडा नः२

Read More

झाउपोखरी पर्यटकीय क्षेत्र वडा नः ८

Read More

नगरपालिकाको निर्माणाधीन भवन

Read More

संक्षिप्त परिचय

देउमाई नगरपालिकाको परिचय

"प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान" नाराका साथ अघि बढेको  देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ  ।  १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री  सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ । नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।

 पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र  दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । 

इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा  समेटिएको थियो ।

 

 

 

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जम्मा ९ वटा वडाहरु रहेका छन। यस नगरपालकिाका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन हो भने प्रमुख खाध्यान बाली को रुपमा धान,मकै गहु रहेको र प्रमुख नगदेबालीका रुपमा अदुवा,अम्लिसो,चिया,अलैची र आलु रहेका छन।.  यहाँको सास्कृति परम्परामा समेत विविधता रहेको पाइन्छ । पुर्वदेखि पश्चिम, हिमालदेखि तराई सम्मका मानिसहरुको बसोबास रहेको हुँदा यहाँ हिन्दु, किराँत, बौद्ध र इसाइ धर्म मान्ने समुदायको बसोबास रहेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार लगायत तीज, कुशेऔंशी, नाग पञ्चमी, जनैपूर्णीमा, राम नवमी, श्रीपंचमी, कृष्णजन्माष्टमी लगायतका चाडर्वहरु मनाइन्छ । त्यसरी नै बौद्ध धर्मावलम्बीहरुले बुद्ध पूर्णीमा, ल्होसार मनाउने गरेका छन् भने जातजाती अनुसार समेत विभिन्न किसिमका चाड पर्वहरु मनाउने गरेको पाइन्छ ।

देउमाई नगरपालिकामा राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, दलित समुदायको बसोबास रहेको छ । धानका बाला लहलह झुल्ने गजुरमुखी बेसीको तिर देखि हिउ तुसारो फुल्ने  कुमारी कुईभिर सम्म फैलिएको देउमाई नगरपालिका पर्यटकीय, धार्मीक, सांस्कृतिक र भौगोलीक हिसावले अब्बल मानिन्छ  । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

सुर्य प्रसाद पाेख्रेल नगर प्रमुख 9842769760
पविमाया राई उप– प्रमुख 9815915484

कर्मचारी

हरि बहादुर दहाल
प्रमुख प्रशासकीय अधिकृत
hradahal@gmail.com
9852686700

सेवाहरु

सेवा प्रकारः- दिर्घ राेगी उपचार सहयाेग
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडाकाे सिफारीस
  • दिर्घ राेगी तथा संरक्षकाे नागरिकता काे प्रतिलिपिप
  • दिर्घ राेगी प्रमाणित हुने अस्पतालकाे कागजात
सेवा प्रकारः- मृत्यू दाहा संस्कार सयाेग
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडाकाे सिफारीस
  • मृत्यू दर्ताकाे प्रतिलिपि
  • मृतक र संरक्षककाे नागरीकताकाे प्रतिलिपि
सेवा प्रकारः- सुरक्षित मात्रिताे तथा सुत्केरी सयार खर्च
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • वडाकाे सिफारीस
  • जन्म दर्ताकाे प्रतिलिपि
  • बाबु अामाकाे नागरिकता प्रमाण पत्र
  • अामाकाे ना प्र नभएमा विवाह दर्ता
  • ४ पटक स्वस्थिय परिक्षण गरेकाे कागजात
सेवा प्रकारः- भुक्तानी सम्बन्धमा
सेवा समयः- सम्पूर्ण प्रक्रिया पूरा भएपछि
जिम्मेवार अधिकारीः- लेखा शाखा तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • निवेदन
  • बिल भरपाई
  • वडा समितिको सिफारिस
  •  योजना सम्बन्धि भएमा प्राविधिक प्रतिबेदन
  •     योजना  सम्पन्न भएको  उपभोक्ता      समितिको      निर्णय प्रतिलिपि
  •  अनुगमन समितिको निर्णय प्रतिलिपि
  •     वडा    सचिब  , वडा    अध्यक्षको      रोहबरमा गरिएको
    सार्वजनिक परिक्षणको निर्णय प्रतिलिपि
  • याेजनाकाे फाेटाे
सेवा प्रकारः- याेजना सम्झाैता गर्दा पेश गर्नुपर्ने कागजात
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- याेजना शाखा ,नगर प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- निशुल्क
आवश्यक कागजातहरुः-
  • उपभोक्ता  समिति÷अनुगमन  समिति  गठन  गर्दाको  निर्णय प्रतिलिपि
  • .नगरपालिकाकाे बिनियोजित पत्र
  • सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र
  • उपभोक्ता समितिका पदाधिकारीको नागरिताको फोटोकपी
  • प्रबिधिक लागत अनुमान
सेवा प्रकारः- भत्ता रकम बुझन
सेवा समयः- निकासा पश्चयत
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • रकम बुझ्न     बैंकबाट  भत्ता  वितरणको  व्यवस्था  भएको  वडाको  हकमा  वडा कार्यालय तथा       नगरपालिका    कार्यालयबाट    सिफारिस       लिइ

    सम्बन्धित  बैंकमा  खाता  खोली  खाता  मार्फत  भत्ता  रकम  बुझ्न
    सकिने  छ  ।

सेवा प्रकारः- सामाजिक सुरक्षा भत्त्राका लागि परिचय पत्र नविकरण
सेवा समयः- मंसीर १ देखि १५ गते सम्म
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-

सामाजिक  सुरक्षा  भत्ता  पाएका  व्यक्तिहरुले    हरेक  वर्ष  मंसिर महिनाको १ गते देखि १५ गते सम्म सम्बन्धित वडा कार्यालय वा नगरपालिका   कार्यालयमा   आई   अनुसुची   फाराम   भरि   आफ्नो परिचय  पत्र  अनिवार्य  रुपमा   नविकरण  गराउनुपर्ने छ । सो का लागि निम्नानुसार कागजात पेश गर्नुपर्ने छ ।

  • परिचय पत्रको प्रतिलिपि
  • नागरिकता प्रमाण पत्रको प्रतिलिपि
  •   अन्यन्त्रको  नागरिकता  प्रमाण  पत्र  भए  बसाई–सराई  प्रमाण पत्रको प्रतिलिपि
  •  सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको फाटो २ प्रति
  • सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ
सेवा प्रकारः- सामाजिक सुरक्षा भत्त्राका लागि परिचय पत्र बनाउने
सेवा समयः- अवस्था हेरी
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-

 

हरेक  वर्षको  मंसिर  १  गते  देखि  १५गते  सम्म  सम्बन्धित  वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ ।

 

  • सम्बन्धित व्यक्तिको नागरिता प्रमाण पत्रको प्रतिलिपि
  • विधवा महिलाको लागि पतिको मृत्युदर्ताको  प्रमाणपत्रको प्रतिलिपि  बिवाह  दर्ता  प्रमाण पत्रको  प्रतिलिपिमृत्यु  पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
  •  अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गताको वर्ग खुलेको प्रमाण  पत्रको  प्रतिलिपि,  नगरिकता  प्रमाण  पत्रको  प्रतिलिपि  र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
  •  दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको बिवाह दर्ता प्रमाण पत्र, नागरिताको प्रतिलिपि
  • सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
  •  बसाइ–सराइ  गरि  आएको  व्यक्ति  हरुको  हकमा  बसाई–सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
  • सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ   

Pages

जानकारी