FAQs Complain Problems

समाचार

पानिटार चिया बगान

Read More

शिधिथुम्का चुलिबाट देखिने सूर्येदयकाे दृष्य

Read More

गुफाथुम्की

Read More

नगरपालिको पुरानो भवन

Read More

कुइभिर पर्यटकीय क्षेत्र वडा नः१

Read More

फाल्गुन्नद ज्ञान भूमि खत्रक्पा वडा नः९

Read More

राजनैतिक पर्यटकीय क्षेत्र रत्न शुरूङ वडा नः२

Read More

झाउपोखरी पर्यटकीय क्षेत्र वडा नः ८

Read More

नगरपालिकाको निर्माणाधीन भवन

Read More

संक्षिप्त परिचय

देउमाई नगरपालिकाको परिचय

"प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान" नाराका साथ अघि बढेको  देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ  ।  १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री  सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ । नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।

 पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र  दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । 

इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा  समेटिएको थियो ।

 

 

 

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जम्मा ९ वटा वडाहरु रहेका छन। यस नगरपालकिाका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन हो भने प्रमुख खाध्यान बाली को रुपमा धान,मकै गहु रहेको र प्रमुख नगदेबालीका रुपमा अदुवा,अम्लिसो,चिया,अलैची र आलु रहेका छन।.  यहाँको सास्कृति परम्परामा समेत विविधता रहेको पाइन्छ । पुर्वदेखि पश्चिम, हिमालदेखि तराई सम्मका मानिसहरुको बसोबास रहेको हुँदा यहाँ हिन्दु, किराँत, बौद्ध र इसाइ धर्म मान्ने समुदायको बसोबास रहेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार लगायत तीज, कुशेऔंशी, नाग पञ्चमी, जनैपूर्णीमा, राम नवमी, श्रीपंचमी, कृष्णजन्माष्टमी लगायतका चाडर्वहरु मनाइन्छ । त्यसरी नै बौद्ध धर्मावलम्बीहरुले बुद्ध पूर्णीमा, ल्होसार मनाउने गरेका छन् भने जातजाती अनुसार समेत विभिन्न किसिमका चाड पर्वहरु मनाउने गरेको पाइन्छ ।

देउमाई नगरपालिकामा राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, दलित समुदायको बसोबास रहेको छ । धानका बाला लहलह झुल्ने गजुरमुखी बेसीको तिर देखि हिउ तुसारो फुल्ने  कुमारी कुईभिर सम्म फैलिएको देउमाई नगरपालिका पर्यटकीय, धार्मीक, सांस्कृतिक र भौगोलीक हिसावले अब्बल मानिन्छ  । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

सुर्य प्रसाद पाेख्रेल नगर प्रमुख 9842769760
पविमाया राई उप– प्रमुख 9815915484

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- नाता प्रमाणित
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम नेपाली र अंग्रेजी फरक फरक
आवश्यक कागजातहरुः-
  • नाता प्रमाणित गरि पाँउ भनि दिएकाे निवेदन
  • अावश्यकता अनुसार सजीमिन मुचुल्का
  • नाता कायम गर्ने व्यक्तिहरूकाे नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि उमेर नपुगेकाे हकमा जन्म दर्ता
  • नाता कायम गर्ने व्यक्तिहरूकाे हालसालै खिचेकाे पासपाेर्ट साइजकाे २।२ प्रति फाेटाे
  • मृत्यु भउका व्यक्तिसंगकाे नाता प्रमाणित गर्नु परेमा मृतककाे मृत्युदर्ताकाे प्रमाणपत्र
  • नाता  प्रमाणित गर्ने व्यक्तिहरूका बिच नाता खुल्ने कागजातकाे प्रतिलिपि
  • नगरपालिकालाइ तिर्नुपर्ने  तिराेतिरेकाे रसिद
सेवा प्रकारः- नागरिकता प्रमाणपत्रकाे शिफारीस तथा प्रतिलिपि शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • नागरिकताकाे लागि सिफारीस पाँउ भनि  दिएकाे निवेदन
  • दुबै कान देखिने पासपाेर्ट साइजकाे २ प्रति फाेटाे
  • जन्म मिति खुलेकाे जन्म दर्ता
  • बसाइसराइ भै अाएकाे हकमा बसाइ सराइ
  • प्रमाणपत्रकाे फाेटाे कपि
  • विवाहित महिलाकाे हकमा विवाह दर्ता प्रमाणपत्र।पतीकाे नागरीकता प्रमाणपत्रकाे फाेटाेकपि
  • अामा ।बुबाकाे नागरिकताकाे प्रमाणपत्रकाे फाेटाे कपि
  • विवाहित महिलाकाे हकमा अामा।बुबाकाे नागरिकताकाे प्रमाणपत्र 
  • नगरपालिकालाइ तिर्नुपर्ने घर बहाल कर,व्यवासय कर र जग्गाकाे  तिराे  तिरेकाे रसिदकाे फाेटाेकपि

Pages

जानकारी