FAQs Complain Problems

समाचार

पानिटार चिया बगान

Read More

शिधिथुम्का चुलिबाट देखिने सूर्येदयकाे दृष्य

Read More

गुफाथुम्की

Read More

नगरपालिको पुरानो भवन

Read More

कुइभिर पर्यटकीय क्षेत्र वडा नः१

Read More

फाल्गुन्नद ज्ञान भूमि खत्रक्पा वडा नः९

Read More

राजनैतिक पर्यटकीय क्षेत्र रत्न शुरूङ वडा नः२

Read More

झाउपोखरी पर्यटकीय क्षेत्र वडा नः ८

Read More

नगरपालिकाको निर्माणाधीन भवन

Read More

संक्षिप्त परिचय

देउमाई नगरपालिकाको परिचय

"प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान" नाराका साथ अघि बढेको  देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ  ।  १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री  सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ । नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।

 पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र  दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । 

इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा  समेटिएको थियो ।

 

 

 

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जम्मा ९ वटा वडाहरु रहेका छन। यस नगरपालकिाका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन हो भने प्रमुख खाध्यान बाली को रुपमा धान,मकै गहु रहेको र प्रमुख नगदेबालीका रुपमा अदुवा,अम्लिसो,चिया,अलैची र आलु रहेका छन।.  यहाँको सास्कृति परम्परामा समेत विविधता रहेको पाइन्छ । पुर्वदेखि पश्चिम, हिमालदेखि तराई सम्मका मानिसहरुको बसोबास रहेको हुँदा यहाँ हिन्दु, किराँत, बौद्ध र इसाइ धर्म मान्ने समुदायको बसोबास रहेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार लगायत तीज, कुशेऔंशी, नाग पञ्चमी, जनैपूर्णीमा, राम नवमी, श्रीपंचमी, कृष्णजन्माष्टमी लगायतका चाडर्वहरु मनाइन्छ । त्यसरी नै बौद्ध धर्मावलम्बीहरुले बुद्ध पूर्णीमा, ल्होसार मनाउने गरेका छन् भने जातजाती अनुसार समेत विभिन्न किसिमका चाड पर्वहरु मनाउने गरेको पाइन्छ ।

देउमाई नगरपालिकामा राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, दलित समुदायको बसोबास रहेको छ । धानका बाला लहलह झुल्ने गजुरमुखी बेसीको तिर देखि हिउ तुसारो फुल्ने  कुमारी कुईभिर सम्म फैलिएको देउमाई नगरपालिका पर्यटकीय, धार्मीक, सांस्कृतिक र भौगोलीक हिसावले अब्बल मानिन्छ  । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

सुर्य प्रसाद पाेख्रेल नगर प्रमुख 9842769760
पविमाया राई उप– प्रमुख 9815915484

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- बसार्इ सरार्इ दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • बसाई  सरी  आएकाको  हकमा  बसाई  सराई  दर्ता  अनुसुची फाराम भरी पेश गर्नुपर्ने (बसाइ सराई दर्ता प्रमाणपत्र सहित)
  • सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि ३. मुलीको ना.प्र.पत्र
  •  बसाइ सरी आएको हकमा नगरपालिका क्षेत्र भित्र बसोबासको भएको प्रमाण
  •   बासाईसराई  गरि  आएकाहरुको  नागरिताको  प्रतिलिपि÷जन्म दर्ता प्रमाण पत्र
सेवा प्रकारः- विवाह दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • पति  पत्नी  दुवैले  संयुक्त  रुपमा  सहिछाप  गरेको  विवाह  दर्ता अनुसूची फाराम
  •  पति पत्नी स्वयं अनिवार्य उपस्थिति हुनु पर्ने
  •  पतिको नागरिकताको सक्कल र प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
  •   पत्नीको  विवाह  हुनु  अगावै  नागरिता  बनाएको  भए  अनिवार्य पेश गर्नुपर्ने
  • पत्नीको नागरिता प्रमाण पत्र नबनाएको भए जन्म दर्ता प्रमाण पत्रको  सक्कल र प्रतिलिपि ।
  • पत्नीले आफ्नो पिता वा माइति तर्फको एकाघरको नागरिकता प्रतिलिपि अनिवार्य पेश गर्नुपर्ने
सेवा प्रकारः- मृत्यु दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • सूचकले भरी पेश गरेको मृत्यु दर्ता अनुसूची फाराम
  • सचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
  •  मृतकको ना.प्र. पत्रको सक्कल र प्रतिलिपि
  •   न.पा.  बाहिरबाट  आएको  हकमा  बसाइसराई  दर्ता  प्रमाणपत्र सक्कल र प्रतिलिपि
  • अस्पतालमा मृत्यु भएको भए मृत्यु प्रमाण 
सेवा प्रकारः- जन्म दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • सूचकले भरी पेश गरेको जन्म दर्ता अनुसुची फाराम
  •  सुचकको ना.प्र.प.को सक्कल र प्रतिलिपि
  •   नवजात  शिशुको  बाबु  र  आमाको  ना.प्र.पत्रको  सक्कल  र प्रतिलिपि
  •   नवजात  शिशुको  बाबु  र  आमाको  विवाह  दर्ता  प्रमाण  पत्रको

    सक्कल र प्रतिलिपि

  • न.पा. बाहिरबाट आएको  व्यक्तिको हकमा बसाईसराई दर्ताको प्रमाणपत्र को प्रतिलिपि
  • अस्पतालमा जन्म भएको भएमा सो को प्रमाण पत्रको पतिलिपी
सेवा प्रकारः- उधाेग दर्ता तथा सिफारीस
सेवा समयः- सर्जिमिन पश्चात
जिम्मेवार अधिकारीः- नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • सम्बन्धित उद्योगीको रितपुर्वकको निवेदन २. उद्योगीको ना.प्र.प.को प्रतिलिपि
  • . उद्योग संचालन हुने जग्गाको प्रमाण पुर्जाको प्रतिलिपि
  •  जग्गा भाडामा लिएको भए जग्गा भाडाको संझौताको प्रतिलिपि
  • ज.ध.को ना.प्र.प.को प्रतिलिपि
  •  उद्योग अन्यन्त्र सम्बन्धीत कार्यालयमा दर्ता भएको भए सो को प्रमाण पत्रहरुको प्रतिलिपि, आय कर, प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि,  भ्याट  सँग  सम्बन्धित  भए  सो  को  प्रमाण  पत्रको प्रतिलिपि
  • सम्बन्धित वडा कार्यालयको सर्जमिन 
सेवा प्रकारः- व्यवसाय दर्ता
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  •  सम्बन्धित व्यक्तिको निवेदन पत्र २.पासपोर्ट साइजको २ प्रति फोटो
  • नागरिकता प्रमाणपत्र र जग्गा धनि प्रमाण पुर्जाको प्रतिलिपि
  • घर÷जमिन   बहालमा   लिई   व्यवसाय   गर्ने   भए   घर÷जमिन बहालमा लिएको सम्झौता पत्रको प्रतिलिपि
  • सम्बन्धी अन्य कार्यालयमा दर्ता भएको प्रमाण पत्र र आयकर दर्ता , प्यान दर्ता प्रमाण पत्रको प्रतिलिपि, भ्याट सँग सम्बन्धित भए सो को प्रमाण पत्र      
सेवा प्रकारः- संस्था दर्ता । नविकरण
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- नगर प्रमुख एवं प्रमुख प्रशासकीय अधिकृत
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • . सम्बन्धित व्यक्ति÷संस्थाको निवेदन 
  •  वडा कार्यालयको सिफारिस
  •  संस्थाको विधानको प्रतिलिपि
  •  संस्था अन्यत्र दर्ता भई सकेको भए  प्रमाण पत्र प्रतिलिपि
  • . संस्था रहेको भवनको घरजग्गा कर र मालपोत तिरेको रसिदको प्रतिलिपि भडामा लिएको भए सम्झौता पत्रको प्रतिलिपि
  • साधारण सभाको निर्णयको प्रतिलिपि
  •  अघिल्लो आ.ब.को लेखा परिक्षण प्रतिबेदनको प्रतिलिपि
सेवा प्रकारः- अाय प्रमाणित शिफारीस
सेवा समयः- २ दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • व्यहोरा प्रष्ट खुलेको रितपूर्वकको निवेदन
  •  ना. प्र. प. को प्रतिलिपि
  •     आयश्रोत को     प्रमाण  कागजातहरुको   सक्कल र प्रतिलिपि
  • घर  भाडा  बापत  प्राप्त  आयमा  बहाल  कर  तिरेकोे कागजातको  प्रतिलिपि  र  नगरपालिकालाई  २%  बहाल  कर बुझाएको रसिदको प्रतिलिपि

    ब्यावसायबाट आयश्रोत प्रमाणीत गर्नु परेमा

  •          स्थानिय निकायमा      दर्ता÷नविकरण   प्रमाण  पत्रको प्रतिलिपि
  •   आन्तरीक  राजश्व  कार्यालयमा  दर्ता  प्रमाण  पत्रको प्रतिलिपि
  • अघिल्लो आ.ब.को कर चुक्ता  प्रमाण पत्रको प्रतिलिपि

Pages

जानकारी