FAQs Complain Problems

समाचार

पानिटार चिया बगान

Read More

शिधिथुम्का चुलिबाट देखिने सूर्येदयकाे दृष्य

Read More

गुफाथुम्की

Read More

नगरपालिको पुरानो भवन

Read More

कुइभिर पर्यटकीय क्षेत्र वडा नः१

Read More

फाल्गुन्नद ज्ञान भूमि खत्रक्पा वडा नः९

Read More

राजनैतिक पर्यटकीय क्षेत्र रत्न शुरूङ वडा नः२

Read More

झाउपोखरी पर्यटकीय क्षेत्र वडा नः ८

Read More

नगरपालिकाको निर्माणाधीन भवन

Read More

संक्षिप्त परिचय

देउमाई नगरपालिकाको परिचय

"प्रकृतिकस्रोत कृषि र पर्यटन सम्मृद्ध देउमाई हाम्रो अभियान" नाराका साथ अघि बढेको  देउमाई नगरपालिका इलाम जिल्लाको पश्चिमी क्षेत्रमा अवस्थित छ । देउमाई नगरपालिका इलामका १० स्थानीय तह मध्ये प्राकृतिक सुन्दरता, पर्यापर्यटनले भरिपूण नगरपालिका हो । भौगोलिक हिसावले २६ दशमलब ८१ देखि २७ दशमलब०४ उत्तरी अक्षांस र ८७ दशमलब ७४ देखि ८८ दशमलब ८८ पूर्वीय देशान्तर को विचमा देउमाई नगरपालिका अवस्थित छ  ।  १ सय ९१ दशमलब ६३ वर्ग किलो मिटरमा फैलिएको देउमाई नगरपालिका समुद्री  सतहको २ सय ५० मिटर देखि २ हजार ७०० मिटरको उचाईसम्म फैलिएको छ । नेपालको कुल भूभागको ० दशमलब १३ प्रतिशत र इलाम जिल्ला को ११ दशमलब २२ प्रतिशत भूभाग यस नगरपालिकाले ओगटेको क्षेत्रफल हो । यस नगरपालकिाको जलवायु उष्ण मनसुनी, न्यानो शीतोष्ण तथा ठण्डा शीतोष्ण गरि तीन प्रकारका हावापानी भएको क्षेत्र हो । श्रावन महिना मा सबभन्दा गर्मि हुने गर्दछ भने पौष महिना सबभन्दा ठण्डा महिना हो । उचाई अनुसार यहाँ को हावापानी र तापक्रम फरक पर्दछ । यस नगरपालिकाको सरदर तापक्रम गर्मी याममा १६ देखि २३ डिग्री से। सम्म हुन्छ भने शीतकालमा (४ देखि ११ डिग्री से।सम्म ओर्लिन्छ । वर्षा ऋतुको मध्यमा यहाँ मासिक सरदर ३५ सेन्टिमिटर ९३५० मिलिमिटर० वर्षा हुन्छ।

 पूर्वमा इलाम नगरपालिका, पश्चिममा फाकफोकथुम र मांङसेबुंग गाउँपालिका, उत्तरमा पाँचथरको फाल्गुनन्द गाउँपालिका र  दक्षिणमा इलामको माई नगरपालिका संग देउमाई नगरपालिका सिमाना हुन । 

इलामका चार खोला मध्ये पश्चिमी क्षेत्र भएर बग्ने पवित्र देउमाई खोलाको नामाबाट नगरपालिकाको नामकरण गरिएको हो । देउमाई खोलाको धार्मीक र सांस्कृतिक महत्व रहेको छ । नेपाल सरकारले २०७१ सालमा मंगलबारे र धुसेनी गाउँ विकास सिमितिलाई गाभेर देउमाई नगरपालिकाको घोषणा गरेको थियो । नेपालको संविधान २०७२ जारी भएसंगै देशको पुनः संरचना गर्दा साविकको देउमाई नगरपालिकामा छिमेकी चमैता, शान्तिडाडा, शिद्धिथुम्का , जितपुर र सांङरुम्बा गा.वि.स का केहि वडा  समेटिएको थियो ।

 

 

 

२०७३ सालमा घोषणा भएको देउमाई नगरपालिकाको जम्मा ९ वटा वडाहरु रहेका छन। यस नगरपालकिाका बासिन्दाको मुख्य पेशा कृषि तथा पशुपालन हो भने प्रमुख खाध्यान बाली को रुपमा धान,मकै गहु रहेको र प्रमुख नगदेबालीका रुपमा अदुवा,अम्लिसो,चिया,अलैची र आलु रहेका छन।.  यहाँको सास्कृति परम्परामा समेत विविधता रहेको पाइन्छ । पुर्वदेखि पश्चिम, हिमालदेखि तराई सम्मका मानिसहरुको बसोबास रहेको हुँदा यहाँ हिन्दु, किराँत, बौद्ध र इसाइ धर्म मान्ने समुदायको बसोबास रहेको छ । हिन्दुहरुको महान चाड दशै, तिहार लगायत तीज, कुशेऔंशी, नाग पञ्चमी, जनैपूर्णीमा, राम नवमी, श्रीपंचमी, कृष्णजन्माष्टमी लगायतका चाडर्वहरु मनाइन्छ । त्यसरी नै बौद्ध धर्मावलम्बीहरुले बुद्ध पूर्णीमा, ल्होसार मनाउने गरेका छन् भने जातजाती अनुसार समेत विभिन्न किसिमका चाड पर्वहरु मनाउने गरेको पाइन्छ ।

देउमाई नगरपालिकामा राई , लिम्बु, मगर, ब्राह्मण, क्षेत्री, शेर्पा ,तामाङ, नेवार, गुरुङ, दलित समुदायको बसोबास रहेको छ । धानका बाला लहलह झुल्ने गजुरमुखी बेसीको तिर देखि हिउ तुसारो फुल्ने  कुमारी कुईभिर सम्म फैलिएको देउमाई नगरपालिका पर्यटकीय, धार्मीक, सांस्कृतिक र भौगोलीक हिसावले अब्बल मानिन्छ  । 

Pages

सूचना तथा समाचार

जन प्रतिनिधि

सुर्य प्रसाद पाेख्रेल नगर प्रमुख 9842769760
पविमाया राई उप– प्रमुख 9815915484

कर्मचारी

सेवाहरु

सेवा प्रकारः- घर निर्माण पूर्ण तथा अांशिक सम्पन्न प्रमाण पत्र
सेवा समयः- प्रविधिकाे स्थलगत निरिक्षण पश्चात
जिम्मेवार अधिकारीः- नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • न.पा. कार्यालयले उपलब्ध गराएको निवेदन
  • नक्सा पासको सक्कल र प्रतिलिपि
  • पूर्जाको प्रतिलिपि, ना.प्र.को प्रतिलिपि र फोटो २ प्रति
  • घरजग्गा  कर  तिरेको  चुक्ता  पत्र  र  मालपोत  रसिदको प्रतिलिपि
  • चारै दिशा बाट खिचिएको प्रस्ट देखिने फोटो १÷१ प्रति
  • सम्बन्धित प्रबिधिकको स्थलगत निरिक्षणको प्रतिबेदन
सेवा प्रकारः- नक्सा नामसारी
सेवा समयः- ७ दिन
जिम्मेवार अधिकारीः- नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • न.पा कार्यालयकाे उपलब्ध गराएकाे निवेदन 
  • घर नक्सा पास भएकाे प्रमाणपत्र, पास भएकाे सक्कल नक्सा र नक्साकाे प्रतिलिपि
  • लालपूर्जाकाे प्रतिलिपि नागरिकताकाे प्रतिलिपि
  • घरजग्गा करार तिरेकाे चुक्तापत्र र मालमाेत तिरेकाे रसिदकाे प्रतिलिपि
  • नापी शाखाबाट प्रमाणित नापी नक्सा ब्लु प्रिन्ट।ट्रेस 
सेवा प्रकारः- घरनक्शा पास
सेवा समयः- 30 दिन भित्र
जिम्मेवार अधिकारीः- नक्सा पास शाखा तथा नगर प्रमुख
सेवा दिने कार्यालयः- नगरपालिकाकाे कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • न पा कार्यालयले उपलब्ध गराएकाे निवेदन
  • जग्गा धनी दर्ता प्रमाण पूर्जाका प्रतिलिपि
  • ना.प्र.प काे प्रतिलिपि र पि  पि फाेटाे २ वटा
  • नापी शाखाबाट प्रमाणित कित्ता नापी नक्सा ब्लु प्रिन्ट र ट्रेस 
  • इन्जिनियरिङ काउन्सिलमा दर्ता भएका इन्जिनियरहरूले बनाएकाे राष्टिय भवन निर्माण अाचार संहिता बमाेजिमकाे भवनकाे नक्सा
  • डिजाइन गर्ने इन्जिनियरकाे इन्जिनियरीङ काउन्सीलमा दर्ता भएकाे प्रमाण पत्रकाे प्रतिलिपि
  • मालपाेत  तिरेकाे रसिद
  • साँध सधियारकाे मन्जुरी
  • नगरपालिकामा नक्सा पास दस्तुर  तिरेकाे रसिदकाे प्रतिलिपि
सेवा प्रकारः- जग्गाधनि प्रमाणापत्रपूर्जामा घर कायम शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • जग्गामा घर जनाउने सिफारिस गरिपाँउ भनि दिएकाे निवेदन
  • अावश्यकताकाे अाधारमा सजीमिन मुचुल्का
  • निवेदककाे नगररिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गाधनी प्रमाणपूर्जाकाे प्रतिलिपि
  • नक्शा पासकाे प्रमाणपत्र वा उक्त् कित्तामा घर भएकाे एकिन हुने कागजात
सेवा प्रकारः- विधुत जडान शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • विधुत जडान गरिपाँउ भनि दिएकाे निवेदन 
  • अावश्यकताकाे अाधारमा सजीमिन मुचुल्का
  • नक्शापासकाे प्रमाणपत्रकाे प्रतिलिपी
  • घरजग्गाकाे लालपूर्जाकाे प्रतिलिपि
  • तिराे  ितरेकाे रसिद
सेवा प्रकारः- चारकिल्ला प्रमाणित शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • चार किल्ला सिफारिश गरिपाँउ भनि  दिएकाे निवेदन
  • अावश्यकता अाधारमा सजीमिनकाे मुचुल्का
  • जग्गाधनी प्रमाणपुर्जाकाे प्रतिलिपी
  • नागरिकताकाे प्रमाणपत्रकाे प्रतिलिपि
  • जग्गा काे कित्ता खुल्ने नापीबाट प्रमाणित ट्रेस नक्शाकाे प्रतिलिपि
  • तिराे  तिरेकाे रसिद
सेवा प्रकारः- नाम संसाेधनकाे शिफारीस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • नाम संशाेधनकाे सिफारीस गरि पाँउ भनि दिएकाे निवेदन
  • अावश्यकता अाधारमा सजीमिन मुचुल्का
  • पासपाेर्रट साइजकाे २ प्रति फाेटाे
  • सम्बन्धितव्यक्तिकाे नागरिकताकाे प्रमाणपत्र काे प्रतिलिपी
  • तिराे  तिरेकाे  रसिद
  •  
सेवा प्रकारः- घर। जग्गाकाे सिफारिस
सेवा समयः- साेहि दिन
जिम्मेवार अधिकारीः- वडा अध्यक्ष
सेवा दिने कार्यालयः- वडा कार्यालय
सेवा शुल्कः- ताेकिए बमाेजिम
आवश्यक कागजातहरुः-
  • घर जग्गा सिफारिस गरि पाँउ भनि दिएकाे निवेदन
  • अावश्यक सजीमिन अनुसार मुचुल्का
  • घर । जग्गाकाे साविकमा तिराे तिरेकाे रसिद
  • घर । जग्गा धनिकाे मृत्यु भइ हकदार भएमा नाता प्रमाणित ,मृत्यु दर्ताकाे प्रमाणपत्र,नागरिकताकाे  प्रमाणपत्र,नाबालककाे हकमा जन्म दर्ताकाे प्रमाणपत्र
  • अन्य अावश्यक लिखतका कागजातहरू
  • नगरपालिकालाइ तिर्नुपर्ने घर बहाल कर,व्यवसाय कर र जग्गाकाे तिराे  ितरेकाे रसिद

Pages

जानकारी