समाचार
समाजिक सुरक्षा भत्ताका लागि परिचय पत्र बनाउने
सेवा प्रकार:
लाग्ने समय:
अवस्था हेरी
जिम्मेवार अधिकारी:
वडा अध्यक्ष वा वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
ताेकिए बमाेजिम
आवश्यक कागजातहरु:
हरेक वर्षको मंसिर १ गते देखि १५गते सम्म सम्बन्धित वडा कार्यालयमा वा नगरपालिका कार्यालयमा निम्नानुसार कागजात राखि निवेदन पेश गर्नुपर्ने छ ।
- सम्बन्धित व्यक्तिको नागरिता प्रमाण पत्रको प्रतिलिपि
- विधवा महिलाको लागि पतिको मृत्युदर्ताको प्रमाणपत्रको प्रतिलिपि बिवाह दर्ता प्रमाण पत्रको प्रतिलिपिमृत्यु पछिको नाता प्रमाणित प्रमाण पत्रको प्रतिलिपि
- अशक्त अपाङ्गगता भएकाहरुको लागि अपाङ्गताको वर्ग खुलेको प्रमाण पत्रको प्रतिलिपि, नगरिकता प्रमाण पत्रको प्रतिलिपि र नावालक भएमा जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि
- दलित बालबालिकाको लागि जन्म दर्ता प्रमाण पत्रको प्रतिलिपि बाबु र आमाको बिवाह दर्ता प्रमाण पत्र, नागरिताको प्रतिलिपि
- सम्बन्धित व्यक्तिको पासपोर्ट साइजको २÷२ प्रति फोटो
- बसाइ–सराइ गरि आएको व्यक्ति हरुको हकमा बसाई–सराई दर्ताको प्रमाण पत्रको प्रतिलिपि
- सम्बन्धित व्यक्ति स्वयं उपस्थित हुनुपर्ने छ